डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला अदालतमा बिहीबार एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो।

यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

nisarga

कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण कामअघि बढाउने, चुनाव चिह्न प्रदान, निर्वाचन आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्नेछ।