Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम विश्वविद्यालयले आउँदो डिसेम्बरमा पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

padma
milan sunchadi

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालयले आउँदो डिसेम्बरमा पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा सोमबार पत्रकार सम्मेलन गरी सो सम्मेलनको तयारीबारे जानकारी दिएको हो ।

सुदूरपश्चिम प्रदेशबारे ज्ञान निर्माणका लागि आउँदो डिसेम्बर १२ देखि १४ तारिख अर्थात् मङ्सिर २६ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.अम्मराज जोशीले बताए ।

plastik

सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी क्षेत्र रहेको र यस क्षेत्रका सम्भाव्यताहरूको बारेमा अध्ययन अनुसन्धान गरी प्रवर्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. जोशीको भनाइ छ ।

Siddi ganesh

विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएका कारण त्यसलाई विस्तार गर्ने थलोका रूपमा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँग समन्वय गरी सम्मेलन हुन लागेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन गइरहेकोले यसले विभिन्न विधाको विकासलाई अध्ययन, अनुसन्धान गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.