
धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवा फेरी धनगढी आएका छन् ।
उनी अहिले (मंगरबार साँझ) धनगढी पुगेको काँग्रेस कैलालीका सभापति नारायण भट्टले बताए। भट्टका अनुसार उनी आज धनगढीमा बस्नेछन्। उनी भोली बुधबार गृहजिल्ला डडेल्धुरा जानेछन्।

देउवाले बुधबार बिहान साढे ११ बजे डडेल्धुराको अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा फेरि सुदूरपश्चिम आएका हुन्।
देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए। त्यसक्रममा उनले चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए।नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा डडेल्धुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका छन् ।











