सुदूरपश्चिम प्रदेश सभा बैठक ४ बजेलाई सारियो

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ । शनिबार बिहान ८ का लागि बोलाइएको प्रदेश सभाको बैठक अपराह्न चार बजेसम्मका लागि सारिएको हो ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बिहानको बैठक चार बजेका लागि सारिएको जानकारी दिएका हुन् ।

nisarga

उनकाअनुसार बैठकमा प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

गत बुधबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट ल्याउने तयारी थियो तर, सरकारको आन्तरिक तयारी नपुगेको भन्दै भोलिपल्ट बिहान ८ बजेका लागि बैठक बोलाइएपनि पछि शनिबारसम्मका लागि सारिएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयबीचको टकरावका कारण बजेटमा केही विवाद सिर्जना भएको स्रोतले जनाएको छ।

भौतिक मन्त्री ओमबिक्रम भाटले बुुधबार सामाजिक सञ्जालमार्फत अर्थमन्त्री चक्रबहादुर मल्लप्रती कटाक्ष गर्दै बजेटमा राज गरेको आरोप लगाएका थिए । तर, पछि उनले स्टाटस हटाएका थिए ।