
कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।
शुक्रबार बिहान नदीमा माछा मार्न गएकी बर्दियाको मधुवन नगरपालिका–३ बस्ने अन्दाजी ४५ वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ७ बजेतिर माछा मार्न घरबाट निस्किएकी लामिछानेको गोहीको आक्रमणबाट लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।
घर नफर्किएपछि खोजीका लागि प्रहरीलाई खबर गरिएको थियो । खोजीका क्रममा उनलाई कोठियाघाट क्षेत्रमा गोहीले आक्रमण गरेर मारेको अवस्था फेला पारेको हो ।
















