
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका शिक्षा शाखाको आयोजनामा आधारभुततहको नगर स्तरीय हाँजीरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार वडा नम्बर २ स्थीत दुर्गालक्ष्मी नमुना मा वि मा नगरस्तरीय हाँजीरी जवाफ प्रतियोगितमा सम्पन्न भएको हो । प्रतियोगितामा गोदावरी २ कै सत्यवती एकेडेमीले प्रथम स्थान हाँसील गरेको छ । प्रतियोगितामा १२ ओटै वडाका १२ वडा विद्यालयको सहभागीता रहेको थियो ।

शिक्षा शाखाले आफ्नो वार्षीक कार्यक्रम अन्र्तगत नगरस्तरीय हाँजीरी जवाफ प्रतियोगिताको आयोजना गरेको हो । जस अन्र्तगत हिजो वडा स्तरीय प्रतियोगिता भएको थियो ।
सम्बन्धीत समाचार: गोदावरीमा आधारभुततहको वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न



















