टेलरिङ्गदेखी संसद भवनसम्मको यात्रामा माया !

Image
maya metro

अत्तरिया – जीवन आफुले सोचेजस्तो कहाँ हुन्छर ?भइपरि आउने सहितका घटनाहरुको इँटाबाट निर्मीत घर हो जीवन । जहाँनीर जस्तो मोड आँउछ त्यहि मोडीन विवश हुनुपर्छ । अपेक्षीत घटनाहरुले भन्दा भइपरि आउने घटनाहरुले झन विचलीत बनाउछ मानीसलाई । त्यसैले पनी होला कतिपय मानीसले मेरो जीवन कस्तो छ भन्दै हात देखाँउदै हिड्छन् तर थाहा छैन त्यो हातमा जीवन कोरीएको हुन्छ वा हुँदैन । हुनत हातमा जीवन कोरीएको सत्य हुन्थ्यो भने हातै नहुनेको जीवन चाँहि कहाँ कोरीन्थ्यो होला त ? आँखीर दुनीयाको यो संरचनाभित्र हात गुमाएका वा नभएका पनी त अटाएका छन् नी ।

त्यसैले माया “भन्छीन जीवन हातमा कोरीएको हुँदैन जीवन त तपाइले गर्ने कर्मबाट कोरीन्छ । ”कर्म कस्तो मान्छेले गर्न सक्छ वा गर्छ ? मायासंग यस्को जवाफ पनी छ । उनी अर्थात माया विष्ट भन्छीन “कर्म कि त इच्छाशत्ति भएको मानीसले गर्छ कि त आवश्यकता जस्लाई छ उस्ले गर्छ । ” मायाले स्वयमले भने आवश्यकता परेपछी मात्रै कर्म सुरु गरेकि हुन् अर्थात उनमा कर्म गर्ने इच्छाशत्तिले आवश्यकता परेपछीमात्रै बास गरेको हो । श्रीमानले गरेको कमाइबाट सामान्य रुटेसनमा जीवन चलाइरहेकी मायालाई थाहा थिएन कर्म मलाई यसरी आवश्यक पर्छ भनेर ।

nisarga

कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ घर भएकी माया समयले आफुलाई नराम्रो संग पछारेको बताँउछीन् । श्रीमानले साहुको बस चलाउँथे,घर परिवारका सबैको समान व्यवहार थियो । २१ वर्षीय मायाको काखमा ढाइ छोरा थिए । माया छोराको स्याहार र घरको काममा व्यस्त हुन्थीन श्रीमान पेशा कर्ममा ।जीवन सहज चलेको थियो । परिवार र समाजको वास्तवीक रुप मायाले तब देखीन जब आफ्नो जीवनको साहरा आफ्नो श्रीमान गुमाईन । मायाको अनवरत संर्घषको जरो खोज्न २०६८ सालमा फर्कनुपर्छ । ६८ साल वैशाखको महिना थियो त्यो दिन जस्ले मायाको जीवनको रंग उजाडीदियो ।

धनगढीबाट नाइट बस लिएर अछाम हिँडेका उनका श्रीमानले राती खाना खाने ठाँउबाट फोन गरेर भनेका थिए“हामी खाना खाएर हिडेउँ ,तिमीहरु सुत”। सात जुनी संगै बाँच्ने कसम खाएका श्रीमानको यो बोली नै अन्तिम होला भन्ने त उनले कहाँ कल्पना गरेकि थिईन् र । तर कल्पना भन्दा बाहिरको कुरा भएपनी चुपचाप सहन बाहेक के विकल्प हुन्छर मानीस संग । मानीस समय र परिस्थीतीको दास जो बन्छ । राती सकुशल फोन गरेका श्रीमानको बिहान उठ्दा अपत्यारिलो खबर आयो “गाडी खस्यो,चालक फरार छ”। माँयाको रंगीन जीवनलाई फिक्का बनाउन ,सुनौला सपनाहरुको चिहान बनाउन , गतीशिल जीवनलाई टक्क अड्याईदिनका लागी यो खबर काफी थियो ।

उनलाई यो खबर सुन्नासाथ पत्याउन मुस्किल नभएको हाईन तर सत्य नै यहि भएपछी नपत्याएर भएन । चालक फरार छन् भनेपछी जीवीत छन् कि भन्ने झीनोे आसा गरेकि थीईन मायाले तर धैरै बेरसम्म लास नभेटीएपछी फरार भनीएको रहेछ । खोजी गर्दै जाँदा घटनास्थल भन्दा धेरै पर लास भेटीएको खबर आयो फेरी । त्यसपछीत माँया संग भएको एक त्यान्द्रो आसा पनी सकियो । २०६८ साल वैशाख २० गते धनगढीबाट अछामका लागी छुटेको बस अछामको चौखुट्टेमा राती १ बजेको समयमा दुर्घटना भयो । चालक सहित २८ जनाले ज्यान गुमाए । माँया जस्तै थुप्रैको सिँउदो पुछीयो,कतिका सन्तान टुहुरा भए,कतिले परिवार,आफन्त गुमाए ।

एकतारले चलेको मायाको जीवनले अर्कै मोड लियो । जीवनका आरोह अवरोहमा साथ पाउने विश्वास गरेकी उनको श्रीमानको कमाईले धनगढीमा घर बनाएर बस्ने सपनामाथी पनी बज्रपात पर्यो । घर बनाएर बस्ने सपना बोकेकी उनले काखे छोरो च्याप्दै जीवन गुर्जाने बाटो गर्नुपर्यो । जीवनको रंग फेरीए संगै,परिवार,समाज सबैको रुप फेरीएको महसुुस गर्न थालीन् उनले । उसोत यो संसारको चरित्र नै यस्तै हो जो सुखमा छ जो संग संसारका हरेक प्रतिस्पर्धामा सरिक हुन सक्ने क्षमता छ उसैको जयजय गर्छ । जस्लाई साथको अभाव छ , सम्बन्धको खाँचो छ उ प्रति नकरात्मक दृष्टीमात्रै राख्ने गर्दछ । अभावमा ,पीडामा भएकाहरुलाई पनी साथ दिनुपर्छ भन्नेहरुको त खडेरी नै छ । त्यसमाथी हाम्रो नेपाली समाजमा एकल महिलाको त के स्थान हुन्थ्यो र ।

जीवन चलाउनै पर्यो , काखमा ढाइ वर्षे दुधे छोरो ,उमेरले भर्खर बिस कटेकी एक महिलाले आस गरिएकाहरु कसैले साथ नदिएपछी , त्यतिबेलाको उनको मानसीकता कस्तो भयो होला ? अनुमान लगाउन समेत कठीन हुन्छ । तर मायाले हिम्मत हारीनन् । हार्नु उनको स्वभाव होइन । हार भन्ने शब्द मायाकालागी बनेको होईन । कहिलेकाँहि उनी सोच्छीन यदी मैले जीवन संग हार खाएको भए ? फेरी आफै जवाफ दिन्छीन , “जीवनमा म हार्नका लागी जन्मेकी होईन ” । उनीसंग सिलाइकटाइको अलीअली सिप थियो त्यहि सिकाइलाई पुर्ण गरि व्यवशायीक बनाउने निधो गरिन उनले । केही महिना सिलाइकटाइ पुर्ण गरेपछी सिलाइ पसल राख्ने भईन उनले ।

त्यसका लागी मेसीन चहिन्थ्यो । दुईओटा सिलाइ मेसीन किन्ने पैसा आफुसंग नहुँदा एक अर्की साथीलाई गुहारिन । दुवैजनाले बिस हजारको जोहो गरेपछी दुइओटा मेसीन राखेर लुगा सिलाउन सुरु गरिन् । अब मायाका छोरा पनी स्कुल जाने भइसकेका थिए । बिहान छोरालाई स्कुल पठाएर दिउँसोभरि काम गर्थीन माया । श्रीमान गुमाँउदाको पीडा एकातिर भएपनी हुर्किदै गरेको छोरो र सुध्रीदै गरेको आर्थीक अवस्थाले मायालाई साहस दिन्थ्यो । दुईओटा सिलाइ मेसिन राखेर सिलाइ पसल सुरु गरेकि उनी बिस्तारै मेसीन थपेर सिलाइ सम्बन्धी तालीम पनी चलाउन थालीन् ।

प्रशिक्षार्थीकासाथ माया

तालीममा पनी एकल महिलालाई छुट दिएर सिकाउछीन अहिलेपनी । त्यसबाटमात्रै महिनाको २५÷३० हजार बचत गर्छीन् । बिमाको अभिकर्ता भएर पनी उनले राम्रो कमाई गरिन् । त्यो संगै उनी आर्युवेदीक क्षेत्रमा काम गर्ने कम्पनी होलीस्टीकमा पनी जोडीएकी छिन् । होलिस्टीककी उनी सुदूरपश्चिम इन्चार्ज नै हुन् । अहिले उनी आफैले जमीन किनेर घर बनाइसकेकी छन् । बिस्तारै विभीन्न संघ सँस्थामा आवद्ध हुन थालीन् । यसै क्रममा उनी एकल महिलाको हकहितमा काम गर्ने “मानव अधिकारका लागी महिला एकल महिला ” सँस्थाको एउटा कार्यक्रममा पुगीन । त्यहाँ देखेका केहि दृश्यले त मायाको साहस दोगुना नै भयो ।

महिनावारी रोकिएकै महिना श्रीमान गुमाएका देखी परिवार र समाजबाट विभीन्न हिंसामा परेका एकल महिला त्यहाँ भेटीए । त्यो देखेर आफु केहि सक्षम भएको महसुुस गरिन मायाले । त्यो कार्यक्रम एकल महिलाले दुख बिसाउने चौतारी जस्तै लाग्यो उनलाई । हिसांमा परेका एकल महिलालाई न्याय दिलाउनु र समस्यामा परेकालाई सहयोग गर्नु आफु जत्तिको सक्षम व्यत्तिको कर्तव्य हो जस्तो लाग्यो । एकल महिलाको हक हितमा काम गर्ने मनशायका साथ “मानव अधिकारका लागी महिला एकल महिला ” नामको समुह गोदावरी नगरपालीकामा पनी गठन भयो । त्यसको अध्यक्ष माया विष्ट भईन् । अहिले उनी एकल महिलाका हरेक गतिविमा सामेल हुन्छीन ।

यहि समुह मार्फत समाजका कुनैपनी एकल महिलाले आफु एकल भएको महससुु नगरुन भन्ने मनशायकासाथ काम गरिरहेकी र सम्बन्धीत निकायलाई एकल महिलाको हकहितकालागी घचघच्याइरहेकी उनको काँधमा अब आफैले गर्नुपर्ने जिम्मेवारी आईपुगेको छ । एकल महिला प्रति समाजले गर्ने हरेक व्यवहारको चित्र छ मायाको अगाडी । एकल महिला समाजका महिला नै होइनन्,उनीहरुका कुनै इच्छा आकांक्षा नै हुँदैनन् भन्ने समाजको बुझाई संग अचम्मीत छिन् माया । “समाजमा एकल महिलालाई हेर्ने समाजको नजर कहिले परिवर्तन हुन्छ ? उनी प्रश्न गर्छीन एकल महिला भन्ने बित्तीकै मान्छेको मनमा किन चिसो पस्छ ?” एकल महिलाले समाजमा राम्रै काम गरेपनी समाजले उल्टो रुपमा लिने गरेको उनको बुझाइ छ ।

अब भने माया आफै यो पराम्परावादी सोच तोडेर समाजमा नयाँ किरण छर्नुपर्ने जिम्मेवारीमा पुगेकी छिन् अर्थात उनी अब सांसद भएकी छिन् । उनको राजनीतिक यात्रा भने धेरै लामो छैन । गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाबाट समानुपातिकबाट सुदूरपश्चिम प्रदेशकी सांसद बनेकी उनी पाँच अघि नेपाली कांग्रेसकी क्रियाशिल सदस्य बनेकी थिईन् । राप्रपाका सिद्धान्त,एजेन्टा मनपरेपछी गत वैशाखको पहिलो हप्ता मात्रै उनले राप्रपा समातेकी हुन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राप्रपाबाट गोदावरी नगरपालीकामा उपप्रमुखकी उम्मेदवार बनेकी उनले लोकप्रिय मत पाएर पराजित भईन् । समानुपातिक सांसद बनेकी माया एकल महिला र महिलालाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताँउछीन् । सिलाइ पसल अबका केहिवर्ष आफुले चलाउन नपाएपनी अरु दिदिबहिनीहरुलाई जिम्मादिने योजना छ उनको । पछील्लो समय स्थानीय सरकारले पनी एकल महिला लक्षीत केहि कार्यक्रम भने ल्याउने गरेको छ उनले भनीन “म प्रदेशबाट पनी एकल महिलाकालागी सिपमुलक तथा आयआर्जन संग जोड्ने खालका कार्यक्रमकालागी संधैँ पहल गर्नेछु ।”