
डोटी – डोटीको सिलगढीमा शनीबार (आज)देखीे खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०७९ सुरु भएको छ । सिलगढी स्थीत भैरव प्रसाद गण र जिल्ला स्तरीय बाल संजालले आयोजना गरेको प्रतियोगिताको आज एक कार्यक्रमकाबिच भैरव प्रसाद गणका गणपति प्रमुखी सेनानी जनमत बहादुर कार्कीले उद्घाटन गरेका हुन् ।

३०१ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आजदेखी १२ गते सम्म सिलगढी स्थित टुडीखेलमा सुरु भएको उत्त प्रतियोगिताको प्रायोजन दिपायल सिलगढी नगरपालीका वडा नम्बर ६ को कार्यालयले गरेको छ । प्रतियोगितामा फुटबल तर्फ १० टिम, छात्रा कबड्डीतर्फ १० टिम र चित्रकला प्रतियोगिता तर्फ १० विद्यालयका १–१ जना विद्यार्थीहरु सहभागि रहेका छन् ।


प्रतियोगितामा फुटबल र कबड्डीमा प्रथम हुने टिमले रु १५ हजार नगद, प्रमाणपत्र र ट्रफि, द्वितीय हुनेले रु १० हजार नगद, प्रमाणपत्र र ट्रफि प्राप्त गर्नेछन् भने चित्रकला प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु ३ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराईने छ ।













