नवजीवन सहकारीले पायो ‘साझा सेवा सहकारी पुरस्कार’

Image
maya metro

२०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नवजीवन सहकारी संस्था लिमिटेडले पाएको छ । साझा सेवा सहकारी संस्थाले सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको भन्दै नवजीवन सहकारीलाई सो पुरस्कार प्रदान गरिएको हो।

पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ। साझा सेवा सहकारीको ३८ औं साधारण सभाको अवसरमा सो पुरस्कार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीबाट नवजीवन सहकारीका अध्यक्ष देबबहादुर बमलाई नगदसहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो।

nisarga