अत्तरियामा ‘प्याब्सन फेस्टिबल’सुरु

Image
maya metro

अत्तरिया – अत्तरियामा कैलालीको अत्तरियामा आजदेखी ‘प्याब्सन फेस्टिबल’ सुरु भएको छ । फेस्टिबलको आज एक कार्यक्रमबका बिच गोदावरी नगरपालीकाका प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन् । प्याब्सन गोदावरी नगर समितिको आयोजनामा आजदेखी सुरु भएको फेस्टिबल १० गतेसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले शैक्षीक गुणस्तर सुधारमा निजी क्षेत्रको महत्वपुर्ण योगदान रहेको बताएका छन् ।

विद्यालयमा आयोजना गरीने यस्ता कार्यक्रमहरुले बालबालीकाको संर्वाङ्गगीण विकास गर्ने विश्वास उनले व्यत्त गरे । निजी शैक्षीक क्षेत्रसंग मिलेर जान नगरपालीका तयार रहेको उनको भनाई थियो । आयोजक प्याब्सन गोदावरी नगर समितिले फेस्टिबल अन्र्तगत तिन बिधामा २६ ओटा खेल खेलाईने जनाएको छ । जस्मा क्वीज,ड्रोइङ,निबन्धलेखन,रिले,हाइजम्प,लङजम्प,फुटबल,कबडडी क्रिकेट लगायतका खेलहरु हुनेछन् ।

nisarga

फेस्टिबलमा गोदावरी नगरपालीकामा प्याब्सनमा आवद्ध रहेका २० ओटा विद्यालयको सहभागीता रहने प्याब्सन गोदावरी नगर समितिका अध्यक्ष श्याम खत्रीले बताए । मुख्य विधा अन्र्तगत ८ ओटा शैक्षीक क्रियाकलापहरु गराईने उनले बताएका छन् । प्रा वि तहका बालबालीकालाई समेट्नका लागी पनी चकलेट रेस,म्युजिकल चेयर,म्याथ म्याटिकल रेस जस्ता खेलहरु राखीएको उनले बताए । एथलेट्स अन्र्तगतका १० ओटा खेल प्रतिस्पर्धात्मक हुनेछन् । झाँकी सहित अत्तरिया बजार क्षेत्र परिक्रमा गर्दैे फेस्टिबलको उद्घाटन गरीएको थियो ।