Attariya Hospital Pvt.Ltd.

अत्तरिया उधोग वाणीज्य संघद्धारा महोत्सवको आयव्यय सार्वजनीक

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उधोग वाणीज्य संघले महोत्सवको आयव्यय सार्वजनीक गरेको छ । संघको आयोजनमा पौष २७ गतेदेखी माघ ९ गतेसम्म अत्तरियाको लामीताल परिसरमा लागेको सुदूरपश्चिम प्रादेशिक महोत्शव २०७९ को आयव्यय सार्वजनीक गरेको हो ।

 

बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनीक गरीएको आयव्यय विवरण अनुसार महोत्सवमा ३४ लाख ३ हजार ६५० रुपैँया बराबरको कारोबार भएको छ । महोत्सवमा २४ लाख ४४ हजार रुपैँया टिकट बिक्रीबाट आम्दानी भएको पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उधोग वाणीज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए ।

 

स्टल भाडाबाट ६ लाख ४३ हजार १५०,रमाईलो मेलाबाट ३ लाख, र सिजनल खर्चबाट १६ हजार आम्दानी भएको उनले बताए । त्यस्तै खर्चतर्फ जम्मा २९ लाख ४१ ह्जार ८० रुपैँया भएको देवकोटाले बताएका छन् । त्यस्तै १८ लाख २० हजार रुपैँया उठ्न बाँकी रहेको बताईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.