Attariya Hospital Pvt.Ltd.

नास्ट कलेजको २३ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

padma
milan sunchadi

अत्तरिया – कैलालीको धनगढीमा रहेको नास्ट कलेजको २३ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । शुक्रबार कलेजको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुत्तिनाथ पन्तको सभापतित्व तथा सुदूरपश्चिम प्रदेश प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो ।

वार्षिकोत्सव कार्यक्रममा विभीन्न सरकारी तथा गैरसरकारी संघसँस्थाका प्रतितिनिधी,शैक्षीक क्षेत्रका विशिष्ठ व्यत्तिहरु,अभिभावक,तथा विधार्थीहरुको भव्य उपस्थीती रहेको थियो । वार्षिकोत्सवमा प्रमुख अतिथी रहेका जोशीलाई बाजागाजाका साथ कार्यक्रम स्थलमा स्वागत गरीएको थियो ।

Siddi ganesh

वार्षिकोत्सवमा विभीन्न साँस्कृतिक प्रस्तुतीहरु राखीनुका साथै वार्षिकोत्सवको पुर्वसन्ध्यामा सञ्चालन गरीएका विभीन्न विधाका खेलकुदका विजेताहरुलाई पुरुस्कार वितरण पनी गरीएको थियो ।

२३ वर्षअघि स्थापना भएको नास्ट कलेजमा हाल करिब १८ सय विधार्थी अध्यनरत रहेका छन् । विशेष गरी विज्ञान संकाय पढ्ने विद्यार्थीको रोजाईमा नास्ट कलेज पर्दछ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.