Attariya Hospital Pvt.Ltd.

नाष्ट कलेजमा अध्ययनरत विधार्थीहरुद्धारा असहाय बालबालीकालाई शैक्षीक सामग्री वितरण

padma
milan sunchadi

अत्तरिया – धनगढीको नाष्ट कलेजमा बिबिए संकायमा अध्ययनरत विधार्थीहरुको एफईसि समुहले कञ्चनपुरको बेलौरी स्थीत कालिका आधारभुत विद्यालयमा असहाय तथा निर्धन बालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

 

कक्षा शिशु देखि आठ सम्मका ३७ जना विद्यार्थीहरुलाई झाेला, कपि कलम, पेन्सिल, ज्यामेट्रि बक्स र कलर पेन्सिल वितरण गरेका हुन् भने विद्यालयलाई केही थान स्किपिङ डाेरि र सामान्य ज्ञानका किताबहरु वितरण गरेका हुन् ।

 

कार्यक्रममा नास्ट कलेजका प्रबन्ध निर्देशक शिवहरि शर्मा मुडभरी, कलेज प्रमुख प्रेम बहादुर चन्द, एफईसिका सल्लाहकारत्रय प्रेमराज जाेशी, शँकरदत्त जाेशी र महेश सिँह बडाल, वेलाैरि नगरपालिका वडा नँ ८ का वडाध्यक्ष विसराम राना , कालिका स्कुलका प्रधानाध्यापक लक्ष्मण प्रसाद राेकाया तथा अन्य शिक्षक,एफईसि अध्यक्ष महेश महरा ,एफईसि प्रतिनिधीहरु साधारण सदस्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Nawadurga
Leave A Reply

Your email address will not be published.