
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता:छात्रा तर्फको फुटबलमा दुर्गालक्ष्मीलाई हराँउदै दुर्गाभवानी विजयी


अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा जारी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्र्तगत छात्रा तर्फको फुटबलमा दुर्गालक्ष्मीलाई हराँउदै दुर्गा भवानी विजयी भएको छ ।
बिहिबार खैरानास्थीत भैरव क्लबको खेल मैदानमा भएको खेलमा अत्तरियाको दुर्गालक्ष्मी नमुना माविलाई ३–२ ले हराँउदै हरैयाको दुर्गाभवानी मावि विजयी भएको हो । गोदावरीमा बुधबारदेखी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता चलीरहेको छ ।
५ ओटा विधामा प्रतिस्पर्धा भईरहेको प्रतियोगितामा नगर भित्रका ३३ ओटा विद्यालय सहभागी रहेका छन् ।
