
डोटी – डोटीमा दोस्रो खप्तड (शैलेश्वरी म्याराथन प्रतियोगिता २०८० को तयारी थालीएको छ ।
भु स्वर्गका उपमाले परिचीत खप्तड क्षेत्रमा जेठ १६ गते शुक्ल पक्ष दशमीमा लाग्ने गंगा दशहरा मेलालाई लक्षित गर्दै खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगिता ( पुरुष र महिला) लगायत अन्य प्रतियोगिता पनि सन्चालन गरिने भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले जानकारी दिएका छन् ।

पुरुष ,महिला म्याराथन लगायत भलिबल ,देउडा,घोडा दौड प्रतियोगिता खप्तडमा सन्चालन हुने छ्न।खप्तड- शैलेश्वरि म्याराथन पुरुष तर्फ सर्बाधिक १ लाख ५० हजार र महिला तर्फ प्रथम हुनेले ५० हजार प्राप्त गर्ने छन। यस अघि पनि भैरव प्रसाद गण नेपाली सेनाको व्यावस्थापनमा प्रथम खप्तड – शैलेश्वरि म्याराथन २०७९ सम्पन्न भएको थियो।
आज भएको तयारी बैठकमा भैरव गणका गणपति ,दिपायल सिलगढि नगर पालिकाका नगर प्रमुख बाजि सिंह खडका,उद्योग बाणिज्य संघका अध्यक्ष ,होटल व्यावसायि संघका प्रतिनिधि ,खप्तड क्षेत्र पर्यटन बिकास तथा ब्यवस्थापन समितिका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।













