
अत्तरिया – सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचनमा मतदान सम्पन्न भएको छ । बिहान ८:१५ बजेदेखि शुरु भएको मतदान बेलुकी ४:०० बजे सम्पन्न भएको हो ।
दुर्गालक्ष्मीमा कुल १ हजार १ सय ७१ जना विद्यार्थी मध्ये ८७४ जनाले मतदान गरेको निर्वाचन अधिकृत लोक बहादुर महराले जानकारी दिए । उनका अनुसार निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको छ । दुर्गालक्ष्मीमा स्ववियु सभापतिका लागि ५ जना उम्मेदवार छन् ।

अनेरास्ववियुबाट पुष्पराज सुवेदी, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं सयुक्त प्यानलबाट भुवन महरा, स्वतन्त्रबाट लोकराज ओझा (एलआर), अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त प्यानलबाट पुष्करराज जोशी र स्वतन्त्र विद्यार्थी समुहबाट सरोज ठगुन्ना उम्मेदवार रहेका छन् ।

















