बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटियो

Image
maya metro

बैतडी – बैतडीको पाटन नगरपालिका– ६ को पाटन बजारमा सडक स्तरोन्नतीको लागि प्रयोग गरिन लागिएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ ।

पाटन बजारको कृषि विकास बैंक पछाडीको सडक स्तरोन्नतीको लागि प्रयोग गरिएको गिट्टीमा मान्छेको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए ।

nisarga

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । गिटट्ीको थुप्रोबाट रौँसमेत देखिएको मान्छेको टाउको कुकुरले लग्दै गरेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीको नेतृत्वमा प्रहरी खटिएको छ ।