गोदावरीमा वडाभेला आजदेखी सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले वडा भेला आजदेखी सुरु गरेको छ । जस अन्र्तगत आज वडा नम्बर १ को वडाभेलाको सम्पन्न भएको छ । वडाहरुले आर्थीक बर्ष २०८०/८१ को योजना तथा कार्यक्रम सार्वजनिक गर्नेछन् । जेठ १० गतेसम्म नगरका १२ ओटै वडाको वडाभेला सकिने जनाईएको छ ।

वडा नम्बर १ ले आर्थीक बर्ष २०८०/८१ को योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडा कार्यालयमा आयोजित ७ औं वडा भेलामा वडा अध्यक्ष गोपाल दत्त भट्टले वडाका योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

nisarga

नगरले पठाएको सिलिङ अनुसार नै वडाको बजेट सार्वजनिक गरिएको वडा अध्यक्ष भट्टले बताए । जस अनुसार समानिकरण बजेट ८० लाख र सुत्रमा आधारीत बजेट ३० लाख ३९ हजार ४८३ गरी जम्मा १ करोड १० लाख ३९ हजार ४८३ रुपैयाँ बराबरको बजेट सार्बजनिक गरिएको छ ।

नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्री, विभीन्न वडाका वडा अध्यक्ष,  राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडाबासीको सहभागिता रहेको थियो ।