Attariya Hospital Pvt.Ltd.

बैतडीमा रुखबाट लडेर घाइते भएकी महिलाको मृत्यु

padma
milan sunchadi

बैतडी – बैतडीमा रुखबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर–३ कुजागाडकी ३७ वर्षिया बिमला भाटको मृत्यु भएको हो।

 

पारिवारिक स्रोतका अनुसार गत बैशाख २३ गते आफनै खरबारीमा स्याउला काट्न गएकी बिमला रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन्।

 

घाइते बिमलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको थियो। गम्भीर घाइते बिमलाको उपचार सम्भव नभएको भन्दै डाक्टरहरुले अस्पतालबाट डिस्चार्ज गरेपछि घर ल्याउने क्रममा बिहिवार राति मृत्यु भएको बिमलाका देवर जय सिंह भाटले जानकारी दिए।

Nawadurga
Loading...