महाकाली किनारमा एक पुरुषको शव फेला

Image
maya metro

बैतडी – बैतडीको महाकाली नदि किनारमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको शिवनाथ गाउँपालिका–२ खैरेनिमा महाकाली नदीको किनारमा नामथर नखुलेको शव फेला परेको हो।

अन्दाजी ४० वर्षीय कालो पाईन्ट, निलोकालो रंगको टिसर्ट लगाएको सडेको अवस्थामा पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

nisarga

उक्त स्थानमा प्रहरी चौकी कुस्मतघाट बैतडीबाट प्रहरी टोली खटिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।