सात प्रदेशको बजेट पौने तीन खर्ब

Image
maya metro

काठमाडौं – सात प्रदेशले आागामी आर्थिक वर्ष २०८०/८१ का लागि पौने तीन खर्बको बजेट ल्यएका छन् । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका छन्।

कोशी बाहेकका छ प्रदेशले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् भने कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट ल्याइसकेको छ । जसमध्ये बागमती प्रदेशको बजेट सबैभन्दा बढी ६२ अर्ब ७० करोड छ। त्यसपछि मधेसमा ४४ अर्ब ११ करोड, लुम्बिनीमा ४० अर्ब ४७ करोड, कोशी प्रदेशमा ३६ अर्ब २४ करोड, गण्डकीमा ३३ अर्ब ४२ करोड, कर्णालीमा ३३ अर्ब ३७ करोड छ। सुदूरपश्चिममा २९ अर्ब २६ करोडको बजेट विनियोजन रहेको छ ।

nisarga

बजेटमा कुनै पुराना कार्यक्रम कटौती भएका छन् भने कतै नयाँ ‘लोकप्रिय कार्यक्रम’मा बजेट विनियोजन गरेका छन्।

बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ।

शुक्रबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह उक्त बजेटमध्ये पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख रुपैयाँ बिनियोजन गर्नुभएको हो । वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ।

मधेश प्रदेशमा ४४ अर्ब ११ करोडको बजेट

मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोडको बजेट ल्याएको छ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री संजयकुमार यादवलेले अगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

सार्वजनिक बजेटमा चालूतर्फ १८ अर्ब २१ करोड, ७६ लाख १४ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार रुपैयाँ रहेको छ । वित्तीय व्यवस्थातर्फ २० करोड अर्थात् ०.४५ प्रतिशत छ ।

लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ४७ करोड

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले शुक्रबारको प्रदेशसभा बैठकमा चालु खर्चतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख ४८ हजारको बजेट प्रस्तुत गर्नुभयो । वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रहने अनुमान रहने छ ।

कोशी प्रदेश सरकारको बजेट ३६ अर्ब २४ करोड

कोशी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला योजनामन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटमध्ये १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार चालूतर्फ विनियोजन गरिएको छ । यस्तै पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख बजेट विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट ल्याएको छ ।

प्रदेशसरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षका लागि कूल विनियोजनमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार रहेको छ ।

यसैगरी विनियोजनमध्ये अन्तर सरकारी वित्त हस्तान्तरणअन्तर्गत दुई अर्ब ३४ करोड ७५ लाख ७० हजार र वित्तीय व्यवस्थातर्फ ३० करोड विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशको बजेट ३३ अब ४२ करोड

गण्डकी प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री जितप्रसाद आलेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख र पुँजीगततर्फ २० अर्ब १९ करोड विनियोजन गर्नुभएको छ।

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ३७ करोड

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रुपियाँ विनियोजन गर्नुभएको छ ।

गेरखापत्र