
अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उधोग वाणीज्य संघको चुनाव असार १६ गते हुने भएको छ ।
आज गणपुरक संख्या ६१ प्रतिशत नपुगेपछी विधान अनुसार कार्य समितिले ७ दिन पछि गर्ने निर्णय गरेको संघका महासचिव यज्ञराज जोशीले बताए । संघ का सदस्य १५ सय ६३ रहेका छन् । आज नै चुनाव हुन को लागि उपस्थिति ९ सय ५४ जनाको अनिवार्य हुनुपर्ने कानुनी प्रावधान रहेको छ ।

तर आज करिब दुई सय जनाको मात्रै उपस्थिति रहेको थियो । संघको तेस्रो अधिवेशन तथा चौथो साधारण सभाको उदघाटन सत्र भने आज नै सकिएको छ । संघका अध्यक्ष अशोकराज देवेकोटाको सभापतित्वमा भएको उदघाटन सत्रमा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए ।













