
अत्तरिया – कैलालीको अत्तरिया उधोग वाणीज्य संघको नयाँ कार्यसमितिकोलागी लागि यहि असार २३ गते चुनाव हुँदै छ । चुनावमा दुइओटा नयाँ नेतृत्व को लागि एउटा टिमबिच प्रतिष्पर्धा हुने निश्चित भएको छ । मिना देउवा नेतृत्वको टिम केहि दिन अघिबाटै प्रचारमा जुटीसकेको छ भने कल्याणसिंह बोहराको टिम आज सार्वजनिक हुँदै छ ।
केही दिन अघि टिम घोषणा गरेको देउवा प्यानलको बरिस्ठ उपाध्यक्षमा दलबहादुर खड्का रहेका छन् । यस्तै उपाध्यक्षमा फागुराम चौधरी र लक्ष्मण धामी रहेका छन् । यस्तै महासचिवमा अर्जुन खडका रहेका छन् । सोही प्यानलबाट कोषाध्यक्षमा दिपकराज भट्ट र सचिबमा हर्क बिक रहेका छन् । यस्तै सदस्यहरुमा दिलबहादुर शाहु,बालकृष्ण ओझा,भरत बहादुर कोली र नवीन साउँद रहेका छन् ।
उक्त टिममा अध्यक्षका उम्मेदवार बाहेक सबै नंया अनुहार रहेका छन् । अधिबेशन अन्तर्गत आज आज उम्मेदवारी दर्ता र उम्मेदवार को नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ । संघमा १५ सय बढी मतदाता रहेका छन् ।















