
अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उधोग वाण्ज्यि संघको नयाँ नेतृत्वकालागी शनीबार भएको मतदान समपन्न भएको छ ।
गोदावरी नगरपालीका वडा नम्बर २ स्थीत दुर्गालक्ष्मी नमुना मा वि मा बिहान ८ बजेदेखी सुरु भएको मतदान अपराह्र ४ बजे सम्पन्न भएको हो ।

संघमा जम्मा पन्ध्र सय ६३ जना मतदाता रहेकोमा तेह्र सय एक मत खसेको निर्वाचन समितिले जनाएको छ । मत पेटीका संकलनको प्रक्रिया सम्पन्न भएपछी गणनाको समय तोकिने समितिले जनाएको छ ।














