बैतडीमा बाजेको कुटाइबाट २ बर्षीय नातीको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा बाजेको कुटाइबाट २ बर्षीय नातीको मृत्यु भएको छ । बिहीबार जिल्लाको पुर्चौडी नगरपालिका- ६ मुडेलीधारमा बाजे गणेश साउदले उनलाई कुटेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । यस्तै ८ बर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपीट गरेका थिए । बाजेको कुटपीटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

nisarga

यस्तै अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रिजन र रेशमका बुवा कामको सिलसिलामा धनगढीमा रहेका थिए । नातीमाथि कुटपीट गर्ने गणेश साउँदलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरी निरीक्षक जोशीले जनाए ।

साउँदले आफ्ना नातीहरुमाथि किन कुटपीट गरे भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ । नी मानसिक रोगबाट पीडित रहेको बुझिएको छ।