
अत्तरिया – लघुवित्तिय सँस्थाहरुको ज्यादति विरुद्ध विरोध प्रर्दशन गरीएको छ । शनीबार लघुवित्तिय सँस्थाहरुको ज्यादति विरुद्धको संघर्ष समितिको आयोजनामा विरोध प्रर्दशन गरेको हो ।
शनीबार बिहान कञ्चनपुरको कृष्णपुर ५ गुलरियाबाट नाराबाजी गर्दै पैदल आएका उनीहरुले कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउले बजारमा कोणसभा गरेका हुन् ।

उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय सँस्थाहरु खारेज गर्नुपर्ने, लघुवित्तिय सँस्थाहरुद्धारा लगाईएको सामुहिक ऋण मिनहा गर्नुपर्ने,गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् ।
त्यसैगरी आवश्यकता र क्षमता आधारित काम र दामको व्यवस्था गर्नुपर्ने तथा समाजवादी अर्थतन्त्रको व्यवस्था गर्नुपर्ने उनीहरुले नेपाल सरकारसंग माग राखेका छन् ।
भोली सुख्खडबाट नारावाजी गर्दै पैदल चिसापानी पुग्ने,त्यसपछी प्रदेश तथा केन्द्रीय स्तरीय विरोधका कार्यक्रमहरु गर्ने संघर्ष समितिका कैलाली जिल्ला अध्यक्ष सुनिल चौधरीले बताएका छन् ।














