
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउले बजारमा ‘ग्रील स्याउले’ क्याफे सञ्चालनमा आएको छ । स्याउलेका स्थानीय विकास बोगटीले सञ्चानमा ल्याएको ‘ग्रील स्याउले’ क्याफेको उद्घाटन बुधबार एक कार्यक्रमकाबिच अत्तरिया उधोग वाण्ज्यि संघका अध्यक्ष कल्याण सिंह बोहराले गरेका हुन् । करिब १५ लाखको लगानीमा खाजाका विभीन्न परिकार र खाना पाईने गरी क्याफे सञ्चालनमा ल्याईएको सञ्चालक बोगटीले बताए ।
स्वदेशमै केहि गर्नुपर्छ भन्ने उदेश्यले क्याफे सञ्चालन गरेको उनले बताए । “युवाहरु बाहिरी देशमा कमाउन सजीलो हुन्छ भन्ने सोचर बाहिर गईरहेका छन्, तर मैले चाँहि सानै भएपनी आफै केहि गरौँ,आफ्नौ सुरु गरौँ भन्ने सोचर लगानी गरेको हुँ उनले भने ।” क्याफेमा सरसफाईलाई मध्यनजर गरी हाइजनीक फुडहरु पाईने बोगटीले बताए । विशेष गरी ग्रील आइटमहरुलाई प्राथमिकता दिईएको बोगटीले बताए ।

सादा खाना अर्डर अनुसार तयार गरीने भन्दै उनले गाँउ घरमै उत्पादन भएका अर्गानिक तरकारी,लोकल कुखुराको मासु पनी ‘ग्रील स्याउले’ क्याफेमा उपलब्ध हुने बताए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बोहराले अहिलेको समयमा स्याउलेमा क्याफे सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । उनले आधुनिक तरीकाले व्यवशाय सञ्चालन गर्दा सफल भईने भन्दै ग्राहकको माग बमोजिम व्यापारीहरु चल्नुपर्ने बताए ।
त्यस्तै स्याउलेबजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले आफ्नै देशमा केहि गरौँ भन्ने भन्ने युवाको सोचले अन्य व्यापारीलाई पनी उत्साहित बनाउने बताए । व्यवस्थीत खालको क्याफे तथा होटलको स्याउलेमा आवश्यकता रहेको भन्दै यहाँको व्यवशायिक विकासमा क्याफेले महत्वपुर्ण भुमीका निर्वाह गर्ने बताए ।














