
बैतडी – बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए ।
महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको चन्दले जानकारी दिएका छन् ।

किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन् । महिनावारी भएको बेला बैतडीका अधिकांश महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेका छन् ।


















