डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु

Image
maya metro

डोटी – डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकी १३ वर्षीया समिक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो।

स्थानीय गणेशराज जोशीका अनुसार केदारेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत उनी शनिवार बाख्रा चराउन गएकी थिइन्। बाख्रा चराउन गएकी उनको भिरबाट लडेर मुत्यु भएको हो।

nisarga