डोटीको शिखरका मेयरले स्वकीय सचिवलाई खुकुरी प्रहार गरेको आरोप

Image
maya metro

डोटी – डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी प्रहार गरेको आरोप लागेको छ।

मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनीक गरेका छन् । उनले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटोसमेत सार्वजनिक गरेका छन्।

nisarga

घटनाको बारेमा कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताएका छन्।