
बैतडी – बैतडीको पञ्चेश्वरका १४ बर्षीय रमेश भट्ट मृत फेला परेका छन् । गएको साउन ७ गतेदेखि हराएको भट्टको शव सडेको अवस्थामा सोमबार फेला परेको हो । हराएको दिन नै परिवारले रमेशको खोजीका लागि प्रहरीमा निवेदन समेत दिएको थियो ।
पञ्चेश्वर गाउँपालिका ४ कनिना डाङका भट्टको शव खानेपानीको लाइन मर्मतका लागि पुगेका स्थानीयहरुले फेला पारेका हुन् । पञ्चेश्वर गाउँपालिका ३ मड वल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको शव फेला परेको हो । खानेपानीको लाइन मर्मत गर्नका लागि पुगेका स्थानीयहरुले शव कुहेको गन्ध आएपछि परिवारलाई खबर गरेका थिए ।

रमेशले प्रयोग गरेरका चप्पल र कपडाको आधारमा उनको शव पहिचान भएको थियो । रमेशलाई जंगली जनावरले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ । घरबाट हराएका रमेश सुस्त मनस्थितीका थिए ।


















