Attariya Hospital Pvt.Ltd.

अत्तरियामा होटल यात्री प्लाजा सञ्चालनमा

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा होटल यात्री प्लाजा सञ्चालनमा आएको छ । अत्तरिया बसपार्क अगाडी होटल यात्री प्लाजा सञ्चालनमा आएको हो । उत्त होटलको सोमबार एक कार्यक्रमकाबिच होटल व्यवशायी संघकी केन्द्रीय उपाध्यक्ष एवम् गोदावरी होटल व्यवशायी संघकी अध्यक्ष धना देवी चोखाल र अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले संयुत्त रुपमा उद्घाटन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशकै मुख्य पर्यटकिय गन्तव्य खप्तडको प्रवेशद्धार झिग्राना होमस्टे सञ्चालन गरेका व्यवसायी दिपक बहादुर खड्काले उक्त होटल सञ्चालनमा ल्याएका हुन ।

उनले सुदूरपश्चिममा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सहजताका लागि होटल सञ्चालनमा ल्याएको बताए ।

Siddi ganesh

उनले सुदूरपश्चिममा पर्यटन प्रर्वद्धनका लागि होटल सञ्चालनमा ल्याएको बताए । उनले यसअघि डोटीमा सञ्चालन गरेको उक्त होटल अत्तरियामा स्थानान्तरण गरिएको बताए ।

उद्घाटन कार्यक्रममा अत्तरिया उधोग वाणिज्य संघका महासचिव,शंकर खड्का,सदस्य ज्ञानेन्द्र खड्का, गोदावरी होटल व्यवशायी संघकी उपाध्यक्ष बिस्ना देवी बोहरा लगायतको उपस्थीती रहेको थियो।

Nawadurga
Leave A Reply

Your email address will not be published.