Attariya Hospital Pvt.Ltd.

गोदावरीमा कृषि तथा पशु सेवा केन्द्रको शिलान्यास

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा कृषि तथा पशु सेवा केन्द्रको शिलान्यास गरिएको छ । वडा नम्बर १ को कार्यालय नजिकै निर्माण सुरु गरिएको २ तले भवनको बुधबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले शिलान्यास गरेका हुन् ।

विश्व बैंकको सहयोगमा बन्न लागेको भवनको ठेक्का २ करोड ६ लाख ८५ हजारमा सिनर्जि प्रालि ले लिएको छ । यहि आर्थिक वर्षमा काम सम्पन्न हुने गरि गत असार मसान्तमा सम्झौता भएको सिनर्जि प्रालिका स्थानीय प्रतिनिधि धुर्ब कुँवरले बताएका छन् । कुनै बाधा नआएमा तोकिएको समयावधिभन्दा अगावै काम सम्पन्न गर्ने उनको भनाई छ ।

ग्रामीण उधम तथा आर्थिक विकास कार्यालय डडेल्धुराका बरिस्ठ कृषि अधिकृत द्रुण बहादुर बुढाथोकीले महाकाली कोरिडोरले छुने पालिकामा उक्त भवनको निर्माण भईरहेको बताए । उनले कैलालीको गोदावरी र चुरे गाँउपालिका सहित सुदूरपश्चिमका १० ओटा ठाउँमा भवन निर्माण हुने बताए ।

Siddi ganesh

उक्त भवन सम्पन्न भएपछि नगरपालिकाको कृषि र पशु शाखाले सोहि भवनबाट सेवा दिने जनाईएको छ । भवनको शिलान्यास गर्दै नगरप्रमुख भट्टले कृषि तथा पशु सेवा केन्द्रको भवन सम्पन्न भएपस्चात कृशकहरुले सुलभ तथा सहज तरिकाले सेवा पाउने विश्वास ब्यक्त गरे ।

Nawadurga
Leave A Reply

Your email address will not be published.