

दार्चुला – दार्चुलामा लागूऔषध चरेससहित एक महिला र एक पुरुष पक्राउ परेका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका- ९ नायलबाट बैतडीको पुर्चौडी नगरपालिका-४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जय बहादुर धानुक ८ किलो ८५० ग्राम चरेस सहित पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले मंगलवार बिहान विशेष सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।

धानुकको साथबाट २ किलो ८५० ग्राम र धामीको साथबाट ६ किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
