

बैतडी –बैतडीको एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो ।
विद्यालयका कागजात कोठा बाहिर ल्याएर आगजनी गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । मंगलबार राति विद्यालयको अफिस कोठाको ढोका फुटालेर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाएको उनले बताए ।
आगजनीबाट सर्टिफिकेट, मार्कसिट, बैंकमा दाखिला गरेका भौचर, हाजिरी रजिष्टर, दर्ता चलानी लगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका बताइएको छ । कसले र किन आगजनी गरे भन्ने कुरा खुल्न सकेको छैन् ।

विद्यालयमा आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरिले बताएको छ ।
