अत्तरिया – पछील्लो समय सहकारीप्रति महिलाको आकर्षण बढेको छ । सहकारीहरु खुल्नेक्रम मात्रै बढेको छैन , सहकारीमा आवद्धता जनाउने महिलाको संख्या पनी उत्तिकै बढेको छ । गोदावरी नगरपालीकाको सहकारी शाखामा दर्तामा रहेका ४२ ओटा सहकारीमा ८ हजार २२९ जना पुरुष शेयर सदस्य हुँदा १५ हजार १९१ जना महिला शेयर सदस्य रहेका छन् । यो तंथ्यांकलाई आधार मान्दा सहकारीमा पुरुष भन्दा महिलाको सहभागीता झण्डै दोब्बर छ । सहभागीतामात्रै नभई सहकारीकै कारण रोजगार बनेका महिलाको संख्या पनी दोव्बर नै छ ।
गोदावरीका सहकारीमा ४७ जना पुरुष कार्यरत छन् भने ९८ जना महिला कार्यरत छन् । सहकारीले महिलाको आर्थिक‚ सामाजिक तथा सांस्कृतिक विकासमा पनी सहयोग पुर्याएको जीवनज्योती महिला विकास बहुउदेशयीय सहकारी सँस्था लिमिटेडकी अध्यक्ष पुनम कार्कीले बताईन् । सहकारीको नेतृत्व तहमा पनि महिलाको उपस्थिति बढाउन सकेको खण्डमा अझै धेरै महिलालाई सहकारीसँग जोडिएर लाभान्वित हुने अवसर प्राप्त गर्ने उनको भनाई छ ।
सहकारीका सदस्य बनेका महिलाहरू पनि सहकारीमा आबद्ध भएपछि बचत गर्ने बानीको विकास भएको जिवनज्योति बहुउदेश्यीय सहकारी सँस्थाकी पुर्व कार्यकारी निर्देशक सिर्जना केशी सहकारीका कारण थुप्रै महिलाहरुको क्षमता अभिवृद्धी भएको बताँउछीन् । लामो समयदेखी थुप्रै सहकारीसंग समन्वय गरेकी उनी महिलामा बचत गर्ने बानीको विकास हुनुकासाथै क्षमता अभिवृद्धी भएको र महिलाहरु आयआर्जनमा जोडीएको बताँउछीन् ।
“करिब १५ वर्ष अगाडि ५ रुपैँया बचत गर्नुस भन्नकालागी हामीले घरघरै हिँड्नुर्पथ्यो उनले भनीन् ,अहिले प्राय महिलाले दैनिक बचत हाल्ने गरेका छन् ।” निरन्तर गरेको बचतले घर तथा व्यवशायको गर्जो टार्न सहयोग पुगेको उनी बताउँछीन् । अत्तरिया क्षेत्रका सहकारीमा आफूले दैनिक रूपमा बचत गर्दै आएको अत्तरियाकी व्यवशायी यसोदा भट्ट चोखालले बताईन् । पैँसा भएको बेला बचत गरेको रकम आफूलाई समस्या पर्दा पटकपटक काम लागेको चोखालको अनुभव छ ।
बैंकहरुबाट ऋण लिन खोज्दा धितो माग्ने तथा लामो प्रक्रिया हुने भएकाले ऋण लिन पनी आफुले सहकारी नै रोज्ने गरेको उनले बताईन् । “बैंकहरुबाट ऋण लिन खोज्दा धितो माग्छन् सबैसंग धितो कहाँहुन्छ,त्यसैले चाहिएको बेला तुरुन्तै पाईने भएकाले ऋण चाहिएको बेला पनी सहकारीबाटै लिने गरेकी छु,”उनले भनीन् । बचत गर्ने बानीले अनावश्यक खर्च पनी नियन्त्रण हुने उनले बताईन् । सहकारीमा बचत जम्मा गर्ने गरेका कारण आर्थिक क्रियाकलापमा पनी महिलाको सामाजिक क्रियाकलापमा सहभागीता बढ्दै गएको छ । बचत गर्ने र आवश्यक पर्दा ऋण लिने बाहेक महिलाहरूले व्यक्तित्व विकासको अवसर पनि पाएको उनको भनाई छ ।
सहकारीले नेतृत्व विकासका लागि तालिम र अवसर दिने गरेको उनले बताईन् । सहकारीकै कारण राजनितिक चेतना स्तर वृद्धी भई कतिपय महिलाहरू स्थानीय‚ प्रदेश र सङ्घमा सरकारका पदाधिकारी समेत बनेका छन् । नेपाली कांग्रेसकी नेतृ तुलसी देवकोटाले लामो समय सहकारीको नेतृत्व गरीन् । हाल उनी कैलाली क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्य रहेकी छन् । गोदावरी नगरपालीकाकी उपप्रमुख शारदा देवी रोकाया सहकारीकै पृष्ठभुमीबाट उदाएकी व्यत्ति हुन् ।
करिब ३ वर्ष गोदावरी २ मा रहेको जिवनज्योती सहकारी सँस्था लिमिटेडमा अध्यक्षको भुमीका निभाएकी उनले सहकारीमा आवद्ध भएपछी आफुले धेरै कुराहरु सिक्ने अवसर पाएको विभिन्न सार्वजनिक कार्यक्रममा समेत बताउँदै आएकी छन् । सहकारीमा महिला आवद्धता झण्डै दोब्बर भएपनी नेतृत्वमा भने न्युन सहभागीता देखीएको छ । गोदावरी नगरपालीकाका ४२ सहकारीमा ९ जना मात्रै महिला अध्यक्ष छन् । ३३ ओटा सहकारीका अध्यक्ष पुरुष रहेका छन् । व्यवस्थापकमा पनी पुरुष बाहुल्यता देखीन्छ ।
व्यवस्थापकमा १७ जना महिला कार्यरत हुँदा २२ जना पुरुष कार्यरत छन् । ३ ओटा सहकारीले व्यवस्थापक उल्लेख गरेका छैनन् । सहकारी विभागले २०७७ साउनमा गरेको एउटा अध्ययन प्रतिवेदन अनुसार नेपालमा कुल २९‚ ८८६ वटा सहकारी सञ्चालनमा रहेका छन् । प्रचलित कानुनअनुसार सहकारीको नेतृत्व तहमा पनि ३३ प्रतिशत महिला हुनुपर्ने भए पनि कतिपयमा त्यो लागु नभएको जानकारहरूको भनाइ छ ।