सहकारीमा महिला वर्चस्व

Image
maya metro

अत्तरिया – पछील्लो समय सहकारीप्रति महिलाको आकर्षण बढेको छ । सहकारीहरु खुल्नेक्रम मात्रै बढेको छैन , सहकारीमा आवद्धता जनाउने महिलाको संख्या पनी उत्तिकै बढेको छ । गोदावरी नगरपालीकाको सहकारी शाखामा दर्तामा रहेका ४२ ओटा सहकारीमा ८ हजार २२९ जना पुरुष शेयर सदस्य हुँदा १५ हजार १९१ जना महिला शेयर सदस्य रहेका छन् । यो तंथ्यांकलाई आधार मान्दा सहकारीमा पुरुष भन्दा महिलाको सहभागीता झण्डै दोब्बर छ । सहभागीतामात्रै नभई सहकारीकै कारण रोजगार बनेका महिलाको संख्या पनी दोव्बर नै छ ।

गोदावरीका सहकारीमा ४७ जना पुरुष कार्यरत छन् भने ९८ जना महिला कार्यरत छन् । सहकारीले महिलाको आर्थिक‚ सामाजिक तथा सांस्कृतिक विकासमा पनी सहयोग पुर्याएको जीवनज्योती महिला विकास बहुउदेशयीय सहकारी सँस्था लिमिटेडकी अध्यक्ष पुनम कार्कीले बताईन् । सहकारीको नेतृत्व तहमा पनि महिलाको उपस्थिति बढाउन सकेको खण्डमा अझै धेरै महिलालाई सहकारीसँग जोडिएर लाभान्वित हुने अवसर प्राप्त गर्ने उनको भनाई छ ।

nisarga

सहकारीका सदस्य बनेका महिलाहरू पनि सहकारीमा आबद्ध भएपछि बचत गर्ने बानीको विकास भएको जिवनज्योति बहुउदेश्यीय सहकारी सँस्थाकी पुर्व कार्यकारी निर्देशक सिर्जना केशी सहकारीका कारण थुप्रै महिलाहरुको क्षमता अभिवृद्धी भएको बताँउछीन् । लामो समयदेखी थुप्रै सहकारीसंग समन्वय गरेकी उनी महिलामा बचत गर्ने बानीको विकास हुनुकासाथै क्षमता अभिवृद्धी भएको र महिलाहरु आयआर्जनमा जोडीएको बताँउछीन् ।

“करिब १५ वर्ष अगाडि ५ रुपैँया बचत गर्नुस भन्नकालागी हामीले घरघरै हिँड्नुर्पथ्यो उनले भनीन् ,अहिले प्राय महिलाले दैनिक बचत हाल्ने गरेका छन् ।” निरन्तर गरेको बचतले घर तथा व्यवशायको गर्जो टार्न सहयोग पुगेको उनी बताउँछीन् । अत्तरिया क्षेत्रका सहकारीमा आफूले दैनिक रूपमा बचत गर्दै आएको अत्तरियाकी व्यवशायी यसोदा भट्ट चोखालले बताईन् । पैँसा भएको बेला बचत गरेको रकम आफूलाई समस्या पर्दा पटकपटक काम लागेको चोखालको अनुभव छ ।

बैंकहरुबाट ऋण लिन खोज्दा धितो माग्ने तथा लामो प्रक्रिया हुने भएकाले ऋण लिन पनी आफुले सहकारी नै रोज्ने गरेको उनले बताईन् । “बैंकहरुबाट ऋण लिन खोज्दा धितो माग्छन् सबैसंग धितो कहाँहुन्छ,त्यसैले चाहिएको बेला तुरुन्तै पाईने भएकाले ऋण चाहिएको बेला पनी सहकारीबाटै लिने गरेकी छु,”उनले भनीन् । बचत गर्ने बानीले अनावश्यक खर्च पनी नियन्त्रण हुने उनले बताईन् । सहकारीमा बचत जम्मा गर्ने गरेका कारण आर्थिक क्रियाकलापमा पनी महिलाको सामाजिक क्रियाकलापमा सहभागीता बढ्दै गएको छ । बचत गर्ने र आवश्यक पर्दा ऋण लिने बाहेक महिलाहरूले व्यक्तित्व विकासको अवसर पनि पाएको उनको भनाई छ ।

सहकारीले नेतृत्व विकासका लागि तालिम र अवसर दिने गरेको उनले बताईन् । सहकारीकै कारण राजनितिक चेतना स्तर वृद्धी भई कतिपय महिलाहरू स्थानीय‚ प्रदेश र सङ्घमा सरकारका पदाधिकारी समेत बनेका छन् । नेपाली कांग्रेसकी नेतृ तुलसी देवकोटाले लामो समय सहकारीको नेतृत्व गरीन् । हाल उनी कैलाली क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्य रहेकी छन् । गोदावरी नगरपालीकाकी उपप्रमुख शारदा देवी रोकाया सहकारीकै पृष्ठभुमीबाट उदाएकी व्यत्ति हुन् ।

करिब ३ वर्ष गोदावरी २ मा रहेको जिवनज्योती सहकारी सँस्था लिमिटेडमा अध्यक्षको भुमीका निभाएकी उनले सहकारीमा आवद्ध भएपछी आफुले धेरै कुराहरु सिक्ने अवसर पाएको विभिन्न सार्वजनिक कार्यक्रममा समेत बताउँदै आएकी छन् । सहकारीमा महिला आवद्धता झण्डै दोब्बर भएपनी नेतृत्वमा भने न्युन सहभागीता देखीएको छ । गोदावरी नगरपालीकाका ४२ सहकारीमा ९ जना मात्रै महिला अध्यक्ष छन् । ३३ ओटा सहकारीका अध्यक्ष पुरुष रहेका छन् । व्यवस्थापकमा पनी पुरुष बाहुल्यता देखीन्छ ।

व्यवस्थापकमा १७ जना महिला कार्यरत हुँदा २२ जना पुरुष कार्यरत छन् । ३ ओटा सहकारीले व्यवस्थापक उल्लेख गरेका छैनन् । सहकारी विभागले २०७७ साउनमा गरेको एउटा अध्ययन प्रतिवेदन अनुसार नेपालमा कुल २९‚ ८८६ वटा सहकारी सञ्चालनमा रहेका छन् । प्रचलित कानुनअनुसार सहकारीको नेतृत्व तहमा पनि ३३ प्रतिशत महिला हुनुपर्ने भए पनि कतिपयमा त्यो लागु नभएको जानकारहरूको भनाइ छ ।