गोदावरी नगरपालिकाद्वारा नदीजन्य पदार्थ उठाउन दोस्रो पटक ठेक्का आह्वान

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उठाउन दोस्रो पटक ठेक्का आह्वान गरेको छ ।

आईतवार एक सूचना जारी गर्दै नगरपालिकाले खुटिया, गोदावरी र खैरालाको लागी नगरपालिकाले ठेक्का आह्वान गरेको हो । पहिलो पटक ठेक्का आह्वान गर्दाको समयावधीमा ठेक्का नपरेपछी नगरपालिकाले दोस्रो पटक ठेक्का आह्वान गरेको हो ।

नगरपालिकाले खुटियाको लागि न्युनतम ८ करोड ७६ लाख ७ हजार ७२८ रुपैयाँ निर्धारण गरेको छ । यस्तै खैराना र गोदावरी नदीको लागि न्युनतम ४ करोड ९७ लाख ६ हजार १५६ रुपैयाँ निर्धारण गरेको छ ।

गत आर्थिक वर्षमा पनि नगरपालिकाले पटक पटक ठेक्का आह्वान गरेको भएपनी ठेक्कामा गएको थिएन । पछि नगरपालिकाले आफ्नै कर्मचारी राखेर नदीजन्य पदार्थ को रोयल्टी संकलन गरेको थियो ।