अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा रहेको गोदावरी होटल व्यवसायी संघले यहि असोज २० गते छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन गर्ने भएको छ ।
संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर साधारणसभा तथा अधिवेशनका बारेमा जानकारी गराएको हो ।
अधिवेशनबाट नँया नेतृत्व पनि चयन हुने गोदावरी होटल व्यवसायी संघकि अध्यक्ष धना देवि चोखालले बताईन ।
२०७४ सालमा स्थापना भएको गोदावरी होटल व्यवसायी संघमा हाल करिब ५ सय सदस्य रहेका छन् । संघले व्यवसायीको हकहितकालागी काम गर्दै आएको छ ।