म मेरो देश नेपाललाई माया गर्छु
मेरो सास रहुन्जेल यो भूमिको रक्षा गर्नेछु
देशको लागि लडाई गर्दा गर्दै जितेर आउने छु
देशको सम्मान र गौरवका कथा सम्झिन चाहन्छु
सिपाही हु लडिरहन्छु मेरो मृत्युको दिन सम्म
देशको लागि लडाई गर्दै छ यो खबर पठाउनु उनी सम्म
हार मान्ने छैन लडाई गरी रहन्छु अन्तिम सास लिँदा सम्म
मेरो कथा रहिरहोस् युगौँ युग सम्म
म देशको लागि लड्दै छु
म हाम्रो देशको रक्षाको लागि लड्दै छु
देशको रक्षाको लागि आफ्नो वीरता प्रदर्शन गर्दै छु
नेपाल देशको इतिहास विश्व सामु चिनाउने छु
मैले माया गर्ने देश मन मुटुबाट माया गरिरहन्छु
मेरो सास रहुन्जेल यो भूमिको रक्षा गर्नेछु
गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी