Attariya Hospital Pvt.Ltd.

गोदावरी बहुउद्देश्यीय सहकारी सँस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको गोदावरी बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाले बिहिबार संस्थाका उपाध्यक्ष ललिता पाठकको सभापतित्वमा तथा राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रमुख दिनेश गेलालको प्रमुख आतिथ्यमा पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गेलालले सहकारीहरु सदस्यको स्तरोन्नतीकालागि शेयर सदस्यको भुमीका पनी महत्वपुर्ण हुने बताए ।

उनले आफ्ना शेयरसदस्यहरुलाई जिवनस्तर उकास्ने गरी सहकारीहछील्लो समय सहकारीकाप्रतिको विश्वास गुम्दै गएको हुँदा सहकारीहरु थप गम्भीर भएर अघि बढ्नुपर्ने उनले बताए । सहकारी र सहकारीमा आवद्ध शेयर सदस्यको क्षमता अभिवृद्धीकालागि राष्ट्रिय सहकारी बैंक पनी तयार रहेको उनको भनाई थियो । वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रगती प्रतिवेदन अनुसार सँस्थाले आर्थिक वर्ष २०७९÷०८० को असार मसान्त सम्म डेढ करोडको कारोबार गरेको छ ।

सँस्थाले आर्थिक वर्ष २०७९÷०८० मा १ करोड ५५ लाख ७५ हजार ८४१ रुपैयाको कारोबार गरेको छ । जसबाट सम्पुर्ण खर्च कटाएर १ लाख ४२ हजार ३७८ रुपैया बचत गर्न सफल भएको छ । ८ लाख ८५ हजार शेयरपुँजी सहित २०७५ सालमा स्थापन भएको संस्थामा हाल ३९ लाख २ हजार ६०० रुपैँया शेयरपुँजी रहेको छ । सँस्थाका शेयर सदस्यको संख्यामा पनि वृद्धि भएको प्रतिवेदनले देखाएको छ । ३६ जना शेयरसदस्यबाट सुरु भएको सहकारीमा हाल ४२२ शेयर सदस्य रहेका छन ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.