
प्रेमिका हुन् उनी अँगालो हाल्न यहाँ सम्म पुगेको छु
धेरै सौन्दर्य भएको फूलले मेरो हृदयलाई छोएको छु
म फूलहरू देख्छु, र म तिमीलाई सम्झन्छु
तिम्रो सुन्दर अनुहार हेरेर मन भुलाएको छु
तिम्रो मुस्कानमा मेरो आँखा उठाउँदा रिसाउँछौ
मेरो मायाको कुरा गर्दा खुसी हुनेछौँ
त्यो निर्दोषताको साथ त्यो विशालको मुटु
भित्रको सारा संसार, मैले बुझेको छु

मलाई थाहा छैन यो कसरी सुरु हुन्छ
मलाई थाहा छैन यो कसरी समाप्त हुन्छ
उसले अनिश्चित हात जोडिरहेको छ
मलाई थाहा छैन यो कसरी सुरु हुन्छ
प्रेमिका हुन् उनी अँगालो हाल्न यहाँ सम्म पुगेको छु
धेरै सौन्दर्य भएको फूलले मेरो हृदयलाई छोएको छु
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी














