सुदूरपश्चिममा लगानी सम्मेलन गर्न सम्झौता

Image
maya metro

धनगढी – सुदूरपश्चिममा लगानी सम्मेलन गर्न सम्झौता भएको छ। यसका लागि प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रबर्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो।

शनिबार महासंघको कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका गरेका छन्।

nisarga

समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिम प्रदेशमा लगानी प्रबर्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पु¥याउन सहकार्य गर्ने उल्लेख छ।

प्रदेश सरकार र महासंघको संयुक्त आयोजनामा आगामी २०८० फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ।

सम्मेलन आयोजनाका लागि मुख्यमन्त्रीको संयोजकत्वमा मुल समिति गठन गरिसकिएको छ। सम्मेलन आयोजना गर्न ५० लाख बजेट समेत छुट्याएको छ।