
अत्तरिया – डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ चम्सालका हिक्मत मल्ल कोरियन भाषा पढ्न काठमाडौं जान्छु भनेर २०७३ सालमा घरबाट हिँडे । काठमाडौं पुगेको करिब ४ महिना मल्ल श्रीमति लक्ष्मी सहित परिवारको सम्पर्कमा थिए । त्यसपछी एकाएक सम्पर्कबिहिन भए । सात वर्षदेखी श्रीमानको बारेमा कुनैपनि खबर नपाउँदा लक्ष्मी अचेल भावविह्वल बनेकी छिन् । “सात वर्ष भयो,छोरी नौ वर्षकी भईसकि,पढाउनु पर्यो खर्च जुटाउन म एक्लैलाई निकै गाह्रो भएको छ उनले भनीन् ।”

लक्ष्मी अहिले धनगढीस्थीत एक होस्टेलमा काम गरेर आफु र नौ वर्षीय छोरीको खर्च जुटाउँदै आएकी छिन् । गाउँमा गुजारा गर्न मुस्किल भएपछी ६ वर्ष अगाडि आफु माइती घर अत्तरिया आएको उनले बताईन् । “त्यसपछी आफ्नै मान्छेले धनगढीको एउटा होस्टेलमा जागीर लगाईदिए,त्यसैबाट आफ्नो र छोरीको खर्च चलाईरहेकी छु उनले भनीन् अहिले विद्यार्थी कम हुँदै गएपछी होस्टेल बन्द हुने अवस्थामा पुगेको छ,अब के गरेर खाने सोच्नै सकेकी छैन् ।” सम्पर्कबिहिन हुनुभन्दा अगाडि श्रीमान संगको सम्बन्ध राम्रो रहेको उनको भनाई छ ।
“छोरीलाई बोडिंग स्कुल पढाउँछु भन्नुहुन्थ्यो,राम्रैसंग काठमाडौं जानु भएको हो तर एक्कासी किन सम्पर्कबिहिन हुनुभयो केहि बुझेकी छैन लक्ष्मीले भनीन् ।” “उहाँ सम्पर्कमा आउने आसामा म पखाईमा छु” उनले भनीन् । भरबाट निस्कीएको २ वर्षपछी हिक्मतलाई आफ्नो भाइले बुटवलमा भेटेको उनको भनाई छ । भाइले लक्ष्मीलाई “भिनाजुले अर्को बिहे गरेर बसेका छन्” भनेर सुनाएका थिए ।

“भाइले एक महिलासंग बुटवलमा देखेछ,उनले भनीन् पछ्याउँदै जाँदा भेट भएनछ ।” जहाँ भएपनि एकपटक सम्पर्कमा आउन उनले श्रीमान हिक्मत मल्ललाई आग्रह गरिन् । घरबाट राम्रैसंग गएको भाइ किन सम्पर्कबिहिन भयो भनेर आफुले बुझ्न नसकेको हिक्मतका दाई खडक मल्लले बताए । “श्रीमान श्रीमतीको सम्बन्ध पनि राम्रै थियो,दाजुभाइ सबैसंग राम्रै थियो,काठमाडौं पुगेपछी के भयो थाहा भएन उनले भने ।”
करिब ३ वर्ष अगाडि आफुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा भाइको खोजीकालागि आग्रह गरेको भएपनि प्रहरीले दोस्रोपटक खबर नै नगरेको उनले बताए । ३७ वर्षीय भाइ ७ वर्षदेखी सम्पर्कमा नआउँदा आफुहरुलाई पनि गाह्रो भएको उनले बताए । “कक्षा १२ सम्म पढेको हो,त्यतिकै हराउने कुरा त हुँदैन उनले भने कुनै परिस्थीतीका कारण सम्पर्कबिहिन भएको हुनसक्छ ।” एकपटक परिवारको सम्पर्कमा आउन उनले भाइ हिक्मतलाई आग्रह गरेका छन् ।