कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शङ्कास्पद अवस्थामा महिलाको शव फेला परेको छ।
शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा आज शव फेला परेको हो।
अन्दाजी ६०÷६५ वर्षीया नन्दादेवी जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घट्ना संकास्पद रहेको र यस विषयमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।