bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

एकता प्रगतिशिल सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ८ जमुनानगरमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार संस्थाका अध्यक्ष सुरत बहादुर बोगटीको सभापतित्व तथा सूदुरपस्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टको प्रमुख आतिथ्यमा १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको विशिष्ठ अतिथिमा सुदुरपस्चिम रजिष्टार कार्यालय धनगढीका प्रतिनिधि देवराज पन्त, नेफ्स्कूनका प्रतिनिधि माधव जोशी रहेका थिए ।

साधारण सभामा आफ्नो भनाई राख्दै सूदुरपस्चिम प्रदेश सभा सदस्य खेमा देवी विष्टले सहकारीले जनताका समस्या समाधानमा ठुलो सहयोग गरेको बताईन् ।संस्थाले छोटो समयमा नै संस्थाले आफ्ना सेवा सुविधाहरु वृद्धी गरेको भन्दै उनले उनले शेयर सदस्य र सहकारी सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताईन् । सहकारीहरुको मेरुदण्ड शेयर सदस्य भएकोले एक आपसमा मिलेर जाँदा भने दुवैलाई फाइदा हुने उनको भनाई थियो ।

उनले सहकारीले स्थानीयहरुलाई आर्थीक रुपमा मात्रै नभई सामाजिक तथा व्यत्तिगत रुपमा समेत सम्वृद्ध बनाएको बताईन् । पछील्लो समय सहकारीबाटै धेरै महिलाहरुले सीपमूलक तालिम हासिल गरी जीवनस्तरमा सुधार ल्याएको उनले बताईन् । न्यून ब्याजदरमा बिना धितो ऋण प्रदान गरी सहकारीले व्यवसाय गर्नेहरुलाई समेत सजीलो गराएको उनको भनाई थियो ।

Siddi ganesh

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत सहकारीका अध्यक्ष सुरत बहादुर बोगटीले प्रस्तुत गरेका थिए भने आय–ब्यय प्रगती प्रतिवेदन संस्थाका सञ्चालक समिति सचिव रमेश बोगटीले प्रस्तुत गरेका थिए ।  संस्थाले आर्थिक वर्ष २०७८÷०८० मसान्तसम्म १ करोड ५६ लाख ६२ हजार रकम बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त कारोबारबाट सस्थाले ७ लाख ५० हजार २सय ८२ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यस्तै प्रतिवेदन अनुसार संस्थाले आ व २०७९÷०८० मा निक्षेप तर्फ ७ करोड ९६ लाख ४४ हजार ३सय ३३ रुपैयाँ बचत संकलन गरेको छ भने ८ करोड २३ लाख २५ हजार बरावरको रुपैयाँ ऋणमा लगानी गरेको छ । साथै सहकारीको जगेडा तर्फ ४३लाख ७३ हजार रुपैयाँ रहेको छ । १ करोड ६ लाख १५ हजार ४ सय शेयरपुँजी रहेको संस्थामा हालसम्म २ हजार ८ सय ६८ जना शेयर सदस्यहरु रहेका छन्।

संस्थाले साधारण सभाको अवसर पारेर संस्थामा आबद्ध सदस्यहरु मध्ये उत्कृष्ट बचत कर्ता, असल ऋणी, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट समुह,ज्येष्ठ नागरिक लगायत विभीन्न विधामा उत्कृष्ट शेयर सदस्यहरूलाई पुरस्कृत संगै सम्मानित गरेको थियो । साधारण सभाले आजै आजै नयाँ कार्यसमिति पनि चयन गर्दै छ ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.