Attariya Hospital Pvt.Ltd.

चार महिनामा गोदावरीको खर्च झण्डै १८ करोड

padma
milan sunchadi

अत्तरिया – चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चार महिनामा कैलालीको गोदावरी नगरपालिकाले झण्डै १८ करोड रुपैँया खर्च गरेको छ । कात्तिक मसान्तसम्ममा नगरपालिकाको बजेट खर्च १७ करोड ८८ लाख ११ हजार ८५५ रुपैयाँ रहेको नगरपालिकाको लेखा शाखाले जनाएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि १ अर्ब २२ करोड ९४ लाख ७० हजार रुपैँयाको बजेट प्रस्तुत गरेको थियो । जसमध्य ७७ करोड ३७ लाख ३० हजार रुपैँया चालुतर्फ खर्च गर्ने अनुमान थियो भने ४५ करोड ५७ लाख ४० हजार पुँजीगततर्फ खर्च गर्ने अनुमान थियो ।

कात्तिक मसान्तसम्ममा नगरपालिकाले चालुतर्फ १६ करोड ७२ लाख ४५ हजार ७२ रुपैँया खर्च गरेको छ भने पुँजीगततर्फ १ करोड १५ लाख ६६ हजार ७८३ रुपैँया खर्च गरेको छ ।

Siddi ganesh

पहिलो चौमासिकमा गोदावरी नगरपालिकाले आन्तरिकतर्फ २ करोड ४९ लाख २६ हजार १९४ रुपैँया बराबर राजस्व सङ्कलन गरेको छ । त्यसैगरी नगरपालिकाले बाह्यतर्फ ३० करोड ८९ लाख ८४ हजार १५६ रुपैँया राजस्व उठाएकोे छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.