Attariya Hospital Pvt.Ltd.

जिवनज्योती महिला विकास सहकारीको एकिकरण पछीको पहिलो साधारण सभा सम्पन्न

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको जिवनज्योती महिला विकास बहुउदेश्यीय सहकारी सँस्था लिमिटेडको एकिकरण पछीको पहिलो साधारण सभा सम्पन्न भएको छ । बिहिबार सँस्थाकी अध्यक्ष पुनम कार्कीको अध्यक्षता तथा प्रदेश सभा सदस्य तुलसी देवकोटाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै देवकोटाले सहकारीले महिलाको क्षमता विकासमा महत्वपुर्ण योगदान गरेको बताईन् । उनले सहकारीकै कारण महिलालाई आर्थीक,सामाजिक,शैक्षीक तथा राजनितिक क्षेत्रमा पहुँच बनाएको बताईन् ।

बचत गर्ने बानीको विकास हुनुकासाथै समस्या परेका बेला सहजै ऋण पनि प्रदान गर्ने भएको हुँदा सहकारी महिलाकालागि फाईदाजनक रहेको उनको भनाई थियो ।

Siddi ganesh

त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै गोदावरी नगरपािलकाकी उप प्रमुख शारदा देवी रोकायाले हिजोको दिनमा धेरै कष्ट गरेर जिवनज्योती अहिलेको अवस्थामा आईपुगेको बताईन् । उनले शेयर सदस्यको ईमान्दारीता तथा कर्मचारीको महिनेतका कारण सहकारी मुनाफा आर्जनमा सफल भएको बताईन् ।

साधारण सभामा सँस्थाले जेष्ठ शेयर सदस्यहरु,उत्कृष्ट किसान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान समेत गरेको थियो । २०५९ सालमा स्थापना भएको सहकारी हाल तीन हजार ६७ जना शेयर सदस्य रहेका छन् ।

जिवनज्योती महिला विकास बहुउदेश्यीय सहकारी सँस्था लिमिटेड र वडा नम्बर १२ मा रहेको प्रगति महिला विकास बहुउदेश्यीय सहकारीबिच गत पौषमा एकीकरण भएको थियोे ।

साधारणसभामा गोदावरी नगरपालिका महिला विकास शाखा,सहकारी शाखाका प्रतिनिधी, विभीन्न संघ सँस्थाका प्रतिनिधी लगायत शेयर सदस्यहरुको उपस्थीती रहेको थियो ।

 

Nawadurga
Leave A Reply

Your email address will not be published.