अत्तरिया – कैलालीको अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी सँस्था लिमिटेड सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट ‘बचत तथा ऋण सहकारी’ घोषीत भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले २० औँ वार्षीक साधारण सभाको अवसरमा शनीबार मानाङ्क बचत तथा ऋण सहकारी सँस्था लिमिटेडलाई आर्थीक वर्ष २०७९÷८० को सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट बचत तथा ऋण सहकरी घोषणा गरेको हो ।
हाल अत्तरियास्थीत आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको उत्त सहकारीले अत्तरियामै शाखा कार्यालय पनि सञ्चालन गरीरहेको छ । सहकारीमा करिब तीन हजार शेयर सदस्य रहेका छन् । त्यस्तै राष्ट्रिय सहकारी बैंकले प्रदेशमै उत्कृष्ट सँस्थाको रुपमा सूर्योदय बहुउद्देशीय सहकारी संस्था लिमिटेड, महेन्द्रनगरलाई घोषणा गरेको छ ।
त्यस्तै बैंकले राष्ट्रिय सहकारी बैंक धनगढी शाखाबाट कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको सिद्धबाबा कृषि सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट कारोबार गर्ने सँस्थाको रुपमा पुरस्कृत गर्ने भएको छ भने महेन्द्रनगर शाखाबाट कंचनपुरको झलारीमा रहेको सृजनशील बचत तथा ऋण सहकारी सँस्था लिमिटेडलाई उत्कृष्ट कारोबार गर्ने सँस्थाका रुपमा पुुरस्कृत गर्ने भएको छ ।
त्यस्तै धनगढी शाखाबाट अत्तरीयामै रहेको संगम बहुउद्देशीय सहकारी संस्था लिमिटेडलाई नियमित कारोबार गर्ने सँस्थाको रुपमा पुरस्कृत गर्ने भएको छ भने महेन्द्रनगर शाखाबाट बेदकोटमा रहेको इन्द्रेणी कृषि सहकारी संस्था लिमिटेडलाई नियमित सँस्थाका रुपमा पुुरस्कृत गर्ने घोषणा गरेको छ ।