अत्तरिया – कैलालीको अत्तरियामा आजदेखी सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुँदै छ ।
“सम्वृद्ध प्रदेशको आधार कृषी पर्यटन र व्यापार” भन्ने नाराकासाथ अत्तरिया उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो ।

महोत्सवको आज दिउँसो १ बजे कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य विर बहादुर बलायरले उद्घाटन गर्ने संघले जनाएको छ ।
उद्घाटन अघि र्याली र विभीन्न झाँकि सहित अत्तरिया बजार परिक्रमा गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
८ औँ संस्करणको उत्त महोत्सवको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ भने मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । । महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।