धनगढीमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु

Image

धनगढी – धनगढीमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–४ बसपार्कका ६५ वर्षीय विष्णुबहादुर माझीको घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरको छतबाट खसेर गम्भीर घाइते भएका माझीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
माझ तीन तला माथिबाट खसेर गम्भीर घाइते भएका थिए ।
उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।